Seal Quotation 4WD Vehicle
सिलबन्दी दरभाउ नं. NDCL/PD Attariya-SQ-09/077-78 for 4WD Vehicle भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
सूचना प्रकाशित मिति: २०७७ पुष ९ गते
यस प्रादेशिक निर्देशनालय अत्तरिया अन्तर्गत FTTH सेवा विस्तार तथा मर्मत संभार कार्यको लागि आवश्यक 4WD सवारी साधन भाडामा लिनुपर्ने भएकोले मू.अ. करमा दर्ता भएका इच्छुक फर्म वा संस्थाहरुलाई तल उल्लेखित मिति तथा समयभित्र यस निर्देशनालयमा रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका यो सूचना प्रकाशित गरिएको छ। दरभाउपत्र फारम शुल्क: रु.३,००० (अक्षरेपी रु तीन हजार मात्र) पछि फिर्ता नहुने। दरभाउपत्र फारम पाइने, दर्ता गर्न सकिने र खोल्ने स्थान: नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूर पश्चिम प्रदेश, गोदावरी-१,कैलाली। दरभाउपत्र फाराम बिक्री शुरु मिति: २०७७ पुष ९ गते । दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मिति: २०७७ पुष २३ गते बेलुकी ४:०० वजेसम्म । दरभाउपत्र फाराम बुझाउने अन्तिम मिति: २०७७ पुष २४ गते मध्याह्न १२:०० बजे सम्म । दरभाउपत्र खोल्ने मिति: २०७७ पुष २४ गते दिनको १२:३० बजे । दरभाउपत्र जमानत:कबोल गरको रकम (मु.अ.कर सहित) को दुई प्रतिशत देखि तीन प्रतिशत सम्मको रकमले हुने नगद जमानत वा बैंक ग्यारेन्टी पेश गर्नु पर्नेछ।
दरभाउपत्र दर्ता गर्ने तथा खोल्ने दिनमा सार्वजनिक विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिनमा उल्लेखित समयमा नै दरभाउपत्र दर्ता गर्ने र खोल्ने कार्य गरिने छ।
नोटः E-Bidding मार्फत सहभागी हुन इच्छुक दरभाउपत्रदाताहरुले नेपाल टेलिकमको Web Site http://eproc.ntc.net.np मार्फत रीतपूर्वक दरभाउपत्र पेश गर्नु पर्नेछ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरिया सुदूर पश्चिम प्रदेश गोदावरी-१, अत्तरिया कैलाली फोन नं. ०९१-५५१२९२
|